काठमाण्डु – जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका चार जना सांसदलाई पदमुक्त भएका छन् । उनीहरु मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
पदमुक्त हुनेहरुमा सन्तोष कुमार पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय रहेका छन् । लुम्बिनी प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको जानकारी दिएको हो ।
चार जना सांसदलाई कारबाही गरेको विषयमा अध्यक्ष महन्थ ठाकुरले असन्तुष्टी जनाएका छन् । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उनीहरूलाई कारवाही गरेको भन्दै ठाकुर पक्षले असहमति जनाएको हो ।
ठाकुर पक्षले केन्द्रीय कारिणीको बैठक नबसी कारबाही गरेको भन्दै असन्तुष्टी जनाएको छ । यसअघि जसपामा केन्द्रीय कारिणीको बैठक बोलाउने विषयमा विवाद भएको थियो ।
गत मंगलबार बसेको पदाधिकारी बैठकमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच कुरा नमिल्दा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा सहमति जुटेको थिएन ।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतले कार्यकारिणी समितिको बैठक बोलाउन माग गरेका थिए ।
अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएका थिए ।





प्रतिक्रिया