काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् । पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशी पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली समूहमा लागेका थिए ।
उनले सोमबार काठमाण्डुमा पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेर आफु प्रचण्ड–नेपाल समूहमै फर्किएको घोषणा गरेको युवा नेता अर्जुन साउँदले जानकारी दिए ।
सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।




प्रतिक्रिया