सांसद कर्मचारी फुटबल : कर्मचारीसँग हार्‍याे सांसद


काठमाडौं – सांसद कर्मचारी फुटबल खेलमा कर्मचारीले ४ गोलले सांसदको टीमलाई हराएको छ । सांसद सेवा दिवसको अवसरमा आयोजना रंगशालामा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीले चार गोल अन्तरले सांसदहरुको टोलीलाई पराजित गरेको हो ।

साग अन्र्तगत फुटबलको फाइनल खेलपूर्ण दशरथ रंगशालामा गरिएको मैत्रीपूर्ण खेल ४–० गोल अन्तरमा टुङ्गिएको संघीय संसदका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए । ३० मिनेटको सो प्रतिस्पर्धामा संघीय संसदका नायव सुब्बा निरज पन्थीले १ गोल र हलुका सवारी चालक राजेन्द्र महर्जनले २ गोल गरेका थिए ।

खेलमा कर्मचारीको तर्फबाट संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले नेतृत्व गरेका थिए भने सांसदरुको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेतृत्व गरेका थिए । खेलमा राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरु र संघीय संसदका विभिन्न तहका कर्मचारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement