खानेपानी मन्त्री र सचिवका कारण काठमाडौंवासी काकाकुल भए : सांसद केसी


काठमडाौं – नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीवासी काकाकुल भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा बोल्दै सांसद केसीले मुखमा आएको मेलम्चीको पानी मन्त्री र सचिवका कारण पिउन नपाउँदा काठमाडौंवासी काकाकुल भएको आरोप लगाए ।

‘काठमाडौं जस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौं । मन्त्री ज्यु यहाँ हुनुहुन्छ । म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औ बर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुन सकेको छैन । मुखमा आएको गाँस सचिव र तपाईका कारणले राजधानीवासीलाई पानी उपलब्ध हुन सकेको छैन, मन्त्री ज्यु यसमा तपाई क्लियर गर्नुहोला । राजधानीबासी काकाकुल छन् ।’

एक गाग्री पानीका लागि अहिले पनि किर्तिपुरनगरवासीहरु बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षण सहितको व्यवस्था विधेयकमा छलफल गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement