मधेसका स्वतन्त्र सांसद जवाहर महतो माओवादीमा प्रवेश

मधेसका स्वतन्त्र सांसद जवाहर महतो माओवादीमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्।

महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए। यो क्षेत्र वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा उम्मेदवार परेपछि उनी माओवादी परित्याग गरेका थिए।