काठमाण्डु- आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल नहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबुल नगर्ने सहमति भएको हो ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । उक्त बैठकमा एमसीसी टेबुल गर्ने देउवाको प्रयास असफल भएको छ । एमसीसी संसदबाट पास गर्ने पक्षमा नेपाली कांग्रेस मात्र होमिएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका अन्य चार दलले समेत एमसीसी अनुमोदन गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई साथ नदिने बताइसकेका छन् । गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस एक्लिएको छ । यसैबीच बालुवाटारमा प्रचण्डको आग्रहपछि देउवा आजको संसद बैठकमा एमसीसी टेबुल नगर्ने सहमतिमा पुगेका हुन् ।




प्रतिक्रिया