प्रतिनिधिसभा बैठक एक सातासम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक एक सातासम्मका लागि स्थगित

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मंगलबारदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधिसभा बैठक नराख्न सभामुख अग्नि प्रसाद सापकोटासमक्ष आग्रह गरेको थियो ।

आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् । दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो ।

उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो ।