प्रतिनिधिसभाको बैठक स्थगित, दुई अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको बैठक स्थगित, दुई अध्यादेश स्वीकृत


काठमाण्डु – प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका दुई अध्यादेश स्वीकृत भएका हुन् ।

‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।