काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालकी सांसद निर्जला राउतले आफ्नो होटल क्वारेन्टाइन निर्माणका लागि प्रदेश २ सरकारलाई दिएकी छन् ।
प्रतिनिधिसभा सदस्य राउतले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि महोत्तरी बर्दिवासमा रहेको आफ्नो होटेल पावन मिथिलालाई क्वारेन्टाइन बनाउनका लागि दिएकी राजपामा महासचिव केशव झाले जानकारी दिए । नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएपछि सांसद राउतले सो होटेल बन्द गराएकी थिइन् ।
उनले संकटका बेला देशका लागि केही गर्न पाउनु नै ठूलो कुरा भएको बताउँदै आफुसँग भएको होटल पावन मिथिलालाई अहिले तत्कालका लागि क्वारेन्टाइन निर्माणका लागि दिने घोषणा गरेको बताइन् । उनले पछि आफुले सक्ने अरु सहयोग पनि गर्ने बताइन् ।
साढे दुई कट्ठामा फैलिएको सो होटलमा ४५ वटा कोठा रहेका छन् भने तीनवटा ठूला ठूला हलहरु रहेका छन्




प्रतिक्रिया