काठमाण्डु – संसद सचिवालयले पत्रकारहरुलाई संसदको मिडिया सेन्टर प्रवेशमा रोक नलगाइएको जनाएको छ ।
प्रतिनिधि सभा बैठकको रिपोर्टिङ गर्ने पत्रकारहरुलाई संसद्को मिडिया सेन्टर प्रवेशमा रोक लगाइएको भनेर खबरहरु आएपछि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले पत्रकारहरुलाई रोक नलगाइएको जानकारी दिएका हुन् ।
‘संसको मिडिया प्रवेश निषेध भनेर खबरहरु आइरहेको रहेछ । तर यसमा सत्यता छैन । मिडिया सेन्टरमात्रै होइन माथिल्लो बाल्कोनीमा बसेर संसद्को गतिविधि नियालेर, सुनेर रिपोर्टिङ गर्न पनि पाइन्छ । निषेध गरिएको छैन,’ उनले भने ।
प्रवक्ता पाण्डेले संसद् बैठकको लागि आवश्यक स्वास्थ्य मापदण्डलाई भने ख्याल गरिएको बताए । उनले भने, ‘आवश्यक स्वास्थ्य मापदण्डलाई ख्याल गरेका छौं । आउनेहरुले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।’
आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै बैठक बस्दैछ । यता प्रमेख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद चल्न नदिने बताएको छ ।




प्रतिक्रिया