प्रहरी बढुवामा नातेदारलाई सिफारिस गरेकोबारे संसदमा उठ्यो आवाज

प्रहरी बढुवामा नातेदारलाई सिफारिस गरेकोबारे संसदमा उठ्यो आवाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुंवर सशस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस गरिएको भन्दै संसद्‌मा आवाज उठेको छ ।

वरियतामा निकै पछि र कार्यसम्पादन समेत कमजोर भएका कुवंरलाई शक्तिको आडमा बढुवामा एक नम्बरमा ल्याइएको थियो । शस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस भएका कुवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वांइ हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खगराज अधिकारीले शस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस भएका कुवरप्रति लक्षित गर्दै यसबारे संसदमा आवाज उठाएका हुन् ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढावा सिफारिसमा आफ्ना नातेदारलाई ल्याएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।  उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढावा सिफारिसमा परिवारवादको दुर्गन्ध आएकोसमेत दावी गरे ।

सांसद अधिकारीले अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्नसमेत आग्रह गरेका छन् ।  आजको संसद् बैठकमा उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढुवा सिफारिसमा परिवारवादको दुर्गन्ध दङदङती गनाउन थाल्यो । ऐन बनाउन र विधि र पद्धतिको पालना गरौं । अति भो सरकार रोक्नुपर्यो ।  जे गरे पनि हुने हो ?’

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै सुरक्षा निकायको बढुवा सरुवामा चरम हस्तक्षेप भएको छ ।

यो पनि पढ्नुहोस्