चीनको ताक्लाकोटमा रोकिएका नेपालीलाई स्वदेश फर्काइयोस् : सांसद शाही

चीनको ताक्लाकोटमा रोकिएका नेपालीलाई स्वदेश फर्काइयोस् : सांसद शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले चीनको ताक्लाकोटमा रोकिएका नेपालीलाई फर्काउन माग गरेकी छन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद शाहीले हुम्लाबाट कामको खोजीमा छिमेकी देश चीन पुगेका बझाङ र दार्चुलाका एक सय ४८ जना कामदार नाका बन्द हुँदा स्वदेश फर्कन नपाएको बताइन् ।

चीनको ताक्लाकोट पुगेका उनीहरु स्वदेश फर्कन चाहे पनि नाका बन्द भएका कारण नेपाल फर्कन नपाएको भन्दै सरकारले पहल गर्नुपर्ने माग गरिन् ।

‘के हुम्ली जनता नेपाली जनता होइनन् ?,’ सांसद शाहीले भनिन्, ‘घर आउने चाहना हुँदाहुँदै मंसिरमा हिउँ परेको र नाका बन्द भएपछि उतै रोकिएका छन् ।’

उनीहरूले आफूहरूलाई स्वदेश आउने व्यवस्था गरिदिन माग गरेको बताउँदै उनले भनिन्, ‘उनीहरूले हामी बाँच्न चाहन्छौं भनिरहेका छन् । जिल्ला प्रशासनले पनि पटक–पटक गृह मन्त्रालयमा पहल गरिदिन भनेको छ ।’