बुद्ध एयरको काउन्टर फोर्ने सांसदलाई हिरासतमा राख्न ४ दिनको म्याद थपियो


काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहलाई थप ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर १० दिनको म्याद थपको माग गरेपनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिए ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement