सांसद साहको रिहाईको माग गर्दै सर्लाही बन्द, जनजीवन प्रभावित

सांसद साहको रिहाईको माग गर्दै सर्लाही बन्द, जनजीवन प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल सर्लाहीले सांसद सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्द गरेको छ ।

राजपाले गरेको बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् ।

राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए ।

राजपाको बन्दको प्रभावले सर्लाहीको जनजिवन अस्तव्यस्त बनेको छ । सांसद साहले सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेर प्रहरी हिरासतमा राखेको छ ।