राजनीतिमा अब्बल शान्ता चौधरीले ल्याइन् एसईईमा २.६५ जीपीए

राजनीतिमा अब्बल शान्ता चौधरीले ल्याइन् एसईईमा २.६५ जीपीए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् ।

राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी हुन् । उनकी छोरी बिनुले भने आमालाई उछिन्दै बी प्लस ल्याएकी छन् ।

मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो समयमा पढाइलाई निरन्तरता दिन थालेकी छन् ।