सांसद सिंहको प्रश्न :विदेशबाट बाकसमा फर्किएकाको परिवारका लागि सरकारले के सोचेको छ?

सांसद सिंहको प्रश्न :विदेशबाट बाकसमा फर्किएकाको परिवारका लागि सरकारले के सोचेको छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका हुन् । उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरे ।

उनले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे ।