एसपीपीमा सहभागी नहुने लिखित जानकारी अमेरिकालाई दिन संसदीय समितिको निर्देशन


काठमाण्डु – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी हिन्द–प्रशान्त रणनीतिको हिस्सासँग जोडिएका कुनै पनि कार्यक्रममा सम्झौता नगर्न सरकारलाई दिर्नेशन दिएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिव र सांसदहरुसँगको छलफलपछि एसपीपी अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य अमेरिकी सरकारद्वारा प्रकाशित प्रतिवेदनमै उल्लेख भएको भन्दै समितिले अबदेखि त्यस्ता कुनै पनि सम्झौतामा संलग्न नहुने कुरा स्पष्ट रुपमा लिखित जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भ्रमणमा उक्त सम्झौता हुन लागेको विषयमा ध्यानाकर्षण भएको भन्दै समितिले त्यस्तो प्रकारको कुनै पनि सम्झौता नहुने कुरा स्पष्ट रुपमा अमेरिकालाई अवगत गराउन निर्देशन दिएको छ । यस्तै बैठकले सम्झौताका विषयमा उठेका कुराबारे समितिमा आएर जवाफ दिन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement