काठमाण्डु – प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
तत् पश्चात विभिन्न अधिवक्ताले प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा अहिले सुनुवाइ भइरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध १२ वटा रिट परेको छ ।
१२ मध्ये चारवटा रिटमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ । सर्वाेच्चकाअनुसार कञ्चन न्यौपाने, अमृत खरेल, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेतले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको हो ।




प्रतिक्रिया