संसदमा घम्साघम्सीः एमालेले रोष्टम घेर्दा चर्किए सभामुख

संसदमा घम्साघम्सीः एमालेले रोष्टम घेर्दा चर्किए सभामुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध पारेको छ ।

बुधबार दिउँसो ४ बजेबाट सुरु भएको बैठकमा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखसँग जवाफ माग गरेका छन् ।

‘एमाले टुक्र्याउन किन सारथी बन्नुभयो ? दल विभाजनमा तपाई किन मतियार बन्नु भयो ?,’ उनले भने, ‘७२ वर्षदेखि संघर्ष गरेर आएको पार्टीलाई कसैले नियम विपरित कसैले तल पार्न हेप्ने प्रयास गर्छ भने एमलो चुप लागे बस्दैन ।’

सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउ गरेका छन् । उनीहरुले चर्को नाराबाजी गरे । एमालेले मागेकाे जवाफ दिँदै सभामुखले भने, ‘यसै बैठकमा प्रतिपक्षले उठाएको प्रश्नको विषयमा मैले प्रचलित कानूनमा रहेर निर्णय लिएको हो । हाल यो विषय सर्वोच्च अदालतलमा विचाराधीन रहेको छ । साथै नेपालको संविधानको धारा १०५ ले अदालतलमा विराधीन मुद्दाका सम्र्दभमा संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको छ । प्रतिनिधिसभा नियमावली ७५ को नियम २१ को खण्ड (ख) (ग) र (घ) का प्रावधानहरुसमेत यहाँहरुलाई जानकारी छ भन्ने कुरामा म विश्वस्त छु ।’

एमाले सांसदहरुले अर्को नाराबाजी गरेपछि सभामुख सापकोटा झनै आक्रोशित बने । उनले एमाले सांसदको चर्को नाराबाजी गरिरहेका बेला थपे, ‘माननीय सदस्यहरु देशमा संविधान, कानून, ऐन छ । मर्यादा बाहिर नजानुहोला । संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला । फेरी पनि म भन्छु प्रतिनिधिसभा नियमावली ७५ को नियम २१ को खण्ड (ख) (ग) को तपाईहरुलाई गम्भीर ढंगले आकर्षित गर्न चाहान्छु ।’

बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।