नेपालको इतिहासमै पहिलो पटक सांसदहरुको भिडियो प्रोफाइल

नेपालको इतिहासमै पहिलो पटक सांसदहरुको भिडियो प्रोफाइल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको संसदीय इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । संघीय संसदका सबै सदस्यको भिडियो प्रोफाइल संसद् दिवसको सन्दर्भ पारेर सोमबार सार्वजनिक गरिएको हो ।

६१औं संसद् दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आयोजित कार्यक्रममा संसद् सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाइल सार्वजनिक गरिएको छ ।

समारोहमा सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई ‘पेपरलेस’ गरी डिजिटलाइज गर्ने अभियान अन्तर्गत नै सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको बताए । महराले मन्त्रिपरिषद् बैठकमा पेपर लेस गरी ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पारे ।