संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे बालुवाटारमा बस्नने भएकाे हाे । शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरू सहभागी रहेका थिए ।