संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।

सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् । अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमवार सभामुख घिमिरेले सहमतिवाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियावाट भए पनि एक साता भित्र टुंग्याउन दलहरुलाई निर्देशन दिईसकेका छन् ।