भारतीय सेनाध्यक्षको अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन

भारतीय सेनाध्यक्षको अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ । केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलकको मुद्दा अरु कसैको इशारामा उचालेको अभिव्यक्ति दिएका थिए ।

समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षले गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्न निर्देशन दिएको हो ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दीपकप्रकाश भट्टले भारतिय सेना प्रमुख नरभानेको भनाइ सैन्य धम्की भएको भन्दै यसबारे नेपाल सरकारले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

नेकपाकै सांसद सुरेन्द्र कार्कीले भारतीय सेना प्रमुखको भनाईको खण्डन गर्नुपर्ने बताए । उनले सीमा विवादबारे भारतले सेना प्रमुखलाई बोल्न लगाएको भए पनि नेपालले भने सेनालाई त्यस्तो धारणा दिन लगाउन नहुने धारणा राखेका थिए ।

वैठकले विदेशमा रहेका नेपालीलाई फर्काउने स्पष्ट नीति बनाउन निसरकारलाई निर्देशन दिएको छ । विदेशमा रहेका नेपालीहरुको अलग-अलग विवरण संकलन गरेर उनिहरुलाई स्वदेश फर्काउन समितिले निर्देशन दिएको हो ।

नेपाल फर्काउंदा क्वरोन्टाइनमा राख्ने लगायतका सुरक्षाका प्रवन्ध मिलाउन पनि समितिले निर्देशन दिएको छ ।