सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा ‘नयाँ एक्सचेन्ज योजना’

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा ‘नयाँ एक्सचेन्ज योजना’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँफोरजीचल्ने स्मार्टफोन पाउँछन् ।

नयाँवर्ष योजना ‘नयाँवर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँवर्ष २०७८को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेन्ज योजनामाग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम०१ कोरमा १ जीबी र्यामर १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमताभएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोनको बडी सहि अवस्थामा हुनुपर्दछ ।

यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड ८००का साथ एक्स्चेन्ज प्रदान गरिनेछ । यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने कम्पनीले जनाएको छ ।