काठमाण्डु– सामसङले हालै ग्लोबल इभेन्ट ‘ग्यालेक्सी अन्प्याक्ड’ मार्फत सार्वजनिक गरेका अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू– ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ –अब नेपालमा पनि प्रि–अर्डरका लागि खुला भएका छन्।
सामसङ नेपालले घोषणा अनुसार, यी डिभाइसहरू २०८२ साउन २२ देखि २९ गतेसम्म प्रि–अर्डर गर्न सकिन्छ।
फोल्डेबल टेक्नोलोजीमा नयाँ उचाइ
सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्डेबल फोन, ग्यालेक्सी जेड फोल्ड७ मा अत्याधुनिक डिजाइन, शक्तिशाली क्यामेरा, र ग्यालेक्सी एआईबाट संचालित स्मार्ट फिचर्स समावेश छन्।
ठूलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किङ क्षमतामा सुधार
२००MP AI–इन्ह्यान्स्ड क्यामेरा प्रणाली
शक्तिशाली प्रोसेसर, झनै उज्यालो स्क्रिन र बलियो हिन्ज
ग्यालेक्सी जेमिनी एआईको लाइभ फिचर: स्क्रीन सेयरिङ र वस्तु चिन्न सक्ने रियल–टाइम सपोर्ट
फ्लिप७: झनै स्टाइलिस, झनै पावरफुल
फ्लिप७ अब झनै पातलो, टिकाउ र पोर्टेबल बनेको छ। नयाँ फ्लेक्सविन्डो ठूलो भएको छ र प्रयोग गर्न अझ सहज छ।
प्रिमियम क्यामेरा, उत्कृष्ट स्ट्याबिलाइजेसन र सटीक रङ
लामो ब्याट्री लाइफ
स्केच टु इमेज फिचर: प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै भिजुअलमा रूपान्तरण
एआईले मोबाइल अनुभवलाई बनायो अझ सहज
ग्यालेक्सी जेमिनी एआईले यात्राका क्रममा, व्यस्त दिनमा — लेख्न, अनुवाद गर्न र कार्य व्यवस्थित गर्न सहयोग पुर्याउँछ।
प्रि–अर्डर अफरहरू
मोडेल मूल्य (रु) गिफ्ट गिफ्ट मूल्य कूल मूल्य छुट
Fold7
(256GB) 2,44,999 512GB अपग्रेड 15,000 2,49,999 10,000
Buds3 Pro 31,999 2,61,999 17,000
Flip7
(256GB) 1,54,999 Buds3 22,999 1,67,999 13,000
थप सुविधाहरू
१ वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स: NLG इन्स्योरेन्सद्वारा
शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी : हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेड मार्फत नागरिकता भए पुग्छ ।
https://samsungcampaigns.com मा गएर प्रि अर्डर गर्न सकिने छ ।




प्रतिक्रिया