३ भेरियन्टमा नेपाल भित्रियो सामसङ ग्यालेक्सी ए–१७ फाइभजी, मूल्य २९ हजार माथि

३ भेरियन्टमा नेपाल भित्रियो सामसङ ग्यालेक्सी ए–१७ फाइभजी, मूल्य २९ हजार माथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सामसङले ए-सीरिजलाई थप विस्तार गर्दै नेपालमा नयाँ ग्यालेक्सी ए–१७ फाइभजी सार्वजनिक गरेको छ।

६.७-इन्चको सुपर AMOLED डिस्प्ले (९०Hz रिफ्रेस रेटसहित), अझ पातलो र हल्का डिजाइन, र सुघारिएको क्यामेरा सेटअप यस स्मार्टफोनको मुख्य आकर्षण हुन्। यसमा ५०MP OIS मुख्य क्यामेरा, ५MP अल्ट्रा-वाइड र २MP म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प प्रदान गर्छ।

यो फोन तीन फरक भेरियन्टमा उपलब्ध हुनेछ:

८/२५६ जीबी: रु. ३४,९९९

८/१२८ जीबी: रु. ३०,९९९

६/१२८ जीबी: रु. २८,९९९

AI सुविधामा पनि ध्यान दिइएको छ। यसमा Gemini Integration, Gemini Live र Circle to Search जस्ता एआई टुलहरूको प्रयोग गर्न सकिन्छ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार, यो स्मार्टफोनले नेपाली उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिनेछ। यसमा Gorilla Glass Victus, IP54 डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स, ६ वर्षसम्मको सुरक्षा अपडेट र छ ओएस अपग्रेड उपलब्ध छन् ।