काठमाण्डु – सामसुङ ग्यालेक्सी जेड फोल्ड–२ को प्रि–बुकिङ खुला गरिएको छ । प्रि–बुकिङ्ग अब समार्ट डोकोमा दुई लाख ४९ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।
यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ । प्रि–बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँको सामसुङ ग्यालेक्सी बुढ्स् निःशुल्क पाईनेछ । ग्राहकहरुले १ पटकका लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सामसुङ ग्यालेक्सी जेड फोल्ड–२ https://cms-prd.mygalaxy-nbs.com/Nebangs-NP-N20-Preorder/वेभसाइटमा गएर प्रि–बुक गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी ९८०१०१३३११ र ९८०२००२८७० मा पनि सम्पर्क गर्न सकिनेछ । ग्राहकहरुले ५,००० प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्नेछ र बाँकी ह्यान्ड सेट पाएपछि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
‘अगिल्लो समयहरुमा सामसुङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसुङको ग्यालेक्सी जेड फोल्ड–२ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस ग्यालेक्सी जेड फोल्ड–२ स्मार्ट फोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ’, आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ, दिकेश मल्होत्राले भने ।
स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुला गरिएको छ ।




प्रतिक्रिया