आइएमएस स्मार्टकाे सामसुङ फेस्टिभ अफर सार्वजनिक

आइएमएस स्मार्टकाे सामसुङ फेस्टिभ अफर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइएमएस स्मार्टले दशैं–तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भउचर जित्न सक्नेछन् ।

जसमा ९आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन् । आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाण्डुको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ ।

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भउचर जित्न सक्नेछन् । आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।

प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामानखरिद गर्न सक्नेछन् ।

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ता बन्दीमा सामान खरिद गर्न सक्नेछन् । ग्राहकले यी बैंकबाट किस्ता बन्दीमा सामान खरिद गर्न सक्नेछन् ।

१. माछापुच्छ्रे बैंक प्रालि
२. नेपालइन्भेष्टमेन्ट बैंक प्रालि
३. सिटिजन्स इन्टरनेशनल बैंक प्रालि
४. मेगा बैंक प्रालि
५. सानिमा बैंक प्रालि
६. ग्लोबलआइएमई बैंक
७. एनएमबि बैंक प्रालि
८. सनराइज बैंक प्रालि
९. नबिल बैंक प्रालि
१०.एनआइसीएशिया बैंक प्रालि
११. लक्ष्मी बैंक प्रालि (30% Down Payment and 40,000 and above value product)
१२. बैंक अफ काठमाण्डौं (20% Down Payment and covers 35,000 and above value product
१३. उपास्ना वहुउद्येश्यीय सहकारी (40% Down Payment)