काठमाण्डु – सानिमा बैंकले सामसुङको एस २१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ ।
यसकालागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमस स्मार्ट प्राइभेट लिमिटेड र हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ ।
ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क इएमआई प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ ।
सामसुङ एस२१ सिरिज कोप्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि माघ २३ गते बाट उपलब्धहुने अपेक्षा गरिएको बैंकले जनाएको छ । ग्राहकहरुले आईएमस स्मार्ट प्राइभेट लिमिटेड र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।




प्रतिक्रिया