सामुदायिक विद्युतीकरण कार्यक्रममा विद्यार्थीलाई स्वरोजार दिने सम्झौता

सामुदायिक विद्युतीकरण कार्यक्रममा विद्यार्थीलाई स्वरोजार दिने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारको जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभुत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा मागजती विद्युत उपलव्ध गराउने कार्यक्रम अनुसार सो कार्यक्रमलाई  प्रभावकारी रुपमा सञ्चालन गरीएको हो ।

कार्यक्रमलाई देशभरी क्रियाशील गराउन सामुदायिक संस्थाहरुको छाता संस्था सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघले भूमिका खेल्दै आएको छ ।सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको प्राविधिक क्षमता विकासको निम्ति आइतबार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ नेपाल र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पस विचमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ नेपालका अध्यक्ष नारायण ज्ञवाली र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसका प्रा.डा. गोकर्ण वहादुर मोत्राले हस्ताक्षर गरेका छन् ।

सम्झौतमा कलेजले स्नातक अध्ययन पुरा गरेका विद्यार्थिहरुलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघसंग समन्वय गराउँने र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघले विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता संस्थाको क्षमता विकासमा लगाउँने सम्झौता भएको छ । सम्झौताले सामूदायिक विद्युतीकरण क्षेत्रमा प्राविधिक क्षमता विकास भई ग्रामीण क्षेत्रका जनतामा दिगो, गुणस्तरीय तथा सुरक्षित विद्युत पुग्ने अपेक्षा लिईएको छ ।

सामुदायिक ग्रामीण विद्युतीकरणका सवालमा महाँसंघ र क्याम्पसको सहकार्यमा अनुसन्धान कार्य गर्ने एवं कतिपय प्राविधिक सवालमा क्याम्पसले महाँसंघलाई सहयोग र सहजीकरण समेत गर्नेछ ।साथै अध्ययनको नाममा भईरहेको वौद्धिक पलायनलाई केही हदसम्म रोक्न समेत यस कार्यले मदत पुर्याउने अपेक्षा गरिएको छ ।

देशभरका ५२ जिल्लामा २ सय ८२ सामुदायिक संस्थामार्फत ५लाख घर परिवारमा विद्युतको विस्तार भएको छ । सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता वापत नगद १ अर्व ३० करोड भन्दा वढी रकम विद्युत प्राधिकरणमा जम्मा भईसकेको छ ।यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासवाट मात्र सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउन संभव हुने छ ।