काठमाण्डु-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन अपिल गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।
उनले एक्समा लेखेका छन्, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार। अब धेरै भयो। अब यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाऊँ।’
युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन् ।
उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ। तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’
उर्सुला भोन डर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेकी छन्।




प्रतिक्रिया