सनम शाक्य हत्या प्रकरण : धरौटीमा रिहा भएका प्रहरीको निलम्बन फुकुवा हुँदै

सनम शाक्य हत्या प्रकरण : धरौटीमा रिहा भएका प्रहरीको निलम्बन फुकुवा हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अरोपमा प्रतिवादी रहेका ३ प्रहरी अधिकारीहरुको निलम्बन फुकुवा हुने भएको छ।

प्रहरी उच्च अधिकारीका अनुसार एसएसपी लोहनी र डिएसपी केसीको निलम्बन फुकुवा सम्बन्धि पत्र प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा पठाएको छ। एसपी खनालको पत्रका बिषयमा कानून शाखाले लेखापढी गरिरहेको हो।

तीनैजना प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो। उच्च अदालत विराटनगरको आदेशमा केही दिनअघि मात्रै धरौटीमा रिहा भएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा हुन लागेको हो।

धरौटीमा रिहा भएपछि उनीहरुले निलम्बन फुकुवा हुनेपर्ने माग राख्दै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेका थिए। प्रहरी प्रधान कार्यालयले उनीहरुको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो। उक्त घटनाको छानबिन गर्न सरकारले २०७४ चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले घटनामा संलग्नता रहेको भन्दै यी तीनै अधिकारीलाई प्रतिवादी बनाएको थियो। त्यसपछि उनीहरुलाई निलम्बन गरिएको थियो।

गत असोज २ गते उच्च अदालत मोरङले एसपी विकासराज खनाललाई छाड्न आदेश दिएको थियो भने गत शुक्रबार एसएसपी दिवेश लोहनी र आइतबार डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा भएका थिए। तीनै जना सुरक्षा अधिकारीलाई संगठित अपराधका विभिन्न दफा लगाएर मुद्दा दायर गरिएको थियो। त्यसैगरी संगठनको कार्यक्षेत्र नाघेको, गोरेलाई भगाउन सहयोग गरेको, सुन तस्करीका लागि सहयोग गरेको लगायत आरोप लगाइएको थियो।

माघको पहिलो साता साढे ३३ किलो सुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरएसँगै गायब पारिएको थियो। सुन बोक्ने भरियाको काम गरेका शाक्यको मोरङको उर्लाबारीका गत फागनु १८ गते हत्या भएको थियो।