३३ किलो सुन काण्ड : ‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

३३ किलो सुन काण्ड : ‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायाता लिने भएको छ।

शाक्यको हत्या पछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो। इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य रहेका छन्। नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना जारी भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन्।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उनलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।