मन्त्रिपरिषद बैठक : संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद बैठक : संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले स‌ंघीय संसद्काे चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो ।

गत भदौ २३ मा सुरु भएको संसदको दशौं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ । संसदको दशौं अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन हुनुका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।