विप्लपलाई इगीत गर्दै संचारमन्त्रीले भने -आतंकवादको पक्षमा वकालत गर्न कदापी पाइदैंन


– उदय सिंह श्रेष्ठ

बाँके – संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले सुरु गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।

‘संसदमा दर्ता भएको विधेयकका विषयमा छलफलको थलो सडक होइन’,नेपाल पत्रकार महासंघ बाँके शाखाले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘संसदमा छलफलका क्रममा थप समृद्ध बनाउन सकिन्छ ।’ पत्रकार महासंघका नेताहरुले अरुलाई भुलभुलैयामा राखेको भन्दै विधेयक पढेर प्रतिक्रिया दिन सुझाव दिँदै मन्त्री बाँस्कोटाले विधेयक समृद्ध बनाउन सबै पक्षसँग छलफल भइरहेको समेत बताए ।

यसै क्रममा उनले अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चर्चाको पनि विरोध गरे । मन्त्री बाँस्कोटाले भने,‘केही थोत्रा मानिसले भने झैँ विदेशी केका निम्ति बोलाउने?’उनले सरकारले मिडियालाई नियन्त्रणभन्दा पनि नियमन गर्न खोजेको टिप्पणी गरे । अराजकता र अनुशासन तथा स्वतन्त्रता र स्वच्छन्दताबीच फरक रहेको बुझ्नुपर्ने उनको भनाइ थियो।

दण्ड जरिवाना बढि भएको भए छलफल गर्न सकिने ठाउँ संसदमा रहेको तथा संविधानभन्दा माथि कोही पनि नहुने भन्दै उनले स्वनियमको व्यवस्था पहिलो पटक आएको बताए । पत्रकारमाथि कानुन बनाएर सिस्टम अपरेट गर्नु पर्ने बताउँदै मन्त्री बास्कोटाले सरकार मात्र जिम्मेवार हुने अनि पत्रकारले जिम्मेवारी नलिने यो सम्भव नभएको जिकीर गरे । यस्तै अर्को प्रसङगमा बोल्दै मन्त्री बास्कोटाले विप्लपलाई संकेत गर्दै आतंकवादलाई सपोर्ट गर्दै आतंकवादको पक्षमा वकालत गर्न कदापी गर्न नपाइने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement