अमेरिकालाई चीनको जवाफः ६ सांसदसहित ११ अमेरिकीमाथि प्रतिबन्ध


एजेन्सी – चिनियाँ र हङकङेली अधिकारीहरुलाई अमेरिकाले लगाएको प्रतिबन्धको बदलामा चीनले ५ सांसदसहित ११ अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध घोषणा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले सोमबारको नियमित पत्रकार सम्मेलनमा प्रतिबन्धको जानकारी दिएका हुन् ।

उनका अनुसार सिनेटरहरु मार्को रुबियो, टेड क्रुज, टम कटन, जोस हली, प्याट टुमी र प्रतिनिधिसभा सदस्य क्रिस स्मिथमाथि प्रतिबन्ध लगाइनेछ । यी सबै रिपब्लिकन पार्टीका सांसद हुन् ।

त्यस्तै, नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल ग्रेसम्यान, ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथ, फ्रिडम हाउसका अध्यक्ष माइकल जे अब्रामोविच, नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेल र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेललाई पनि प्रतिबन्ध लगाइएको छ ।

‘हङकङसँग सम्बन्धित मुद्दामा खराब व्यवहार देखाउने केही व्यक्तिलाई प्रतिबन्ध लगाउने चीनले लिएको छ,’ पत्रकार सम्मेलनमा चाओले भने ।

सो प्रतिबन्ध सोमबारबाटै लागू हुने उनले बताए । यसअघि गत शुक्रबार अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित ११ अधिकारीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement