सन्दकपुर डाँडामा एसएसबीको ज्यादती

सन्दकपुर डाँडामा एसएसबीको ज्यादती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ।

एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन। अहिले तस्बिर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्बिर डिलिट (मेट्न) गर्न लगाउने गरेको गुनासो पर्यटकको छ। पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो।

सन्दकपुर जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ। बर्सेनि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्याेदय, सूर्यास्तलगायत दर्जनौं हिमशृंखला अवलोकन गर्छन्। तर एसएसबीको धम्कीपछि पर्यटक यो चुचुरोमा जान हच्किन थालेका छन्। केही पर्यटक मात्र एसएसबीको आदेश बेवास्ता गरी सन्दकपुर डाँडामा पुग्ने गरेका छन्। याे समाचार नागरिक दैनिकमा छ ।