सन्दीपलाई यूएई पठाउने क्यानको तयारी

सन्दीपलाई यूएई पठाउने क्यानको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग अनुमति मागेको छ ।

नाबालिग बलात्कार मुद्दामा पाटन उच्च अदालतले लगाएको विदेश भ्रमणको प्रतिबन्ध सर्वोच्च अदालतले फुकुवा गरेसँगै लामिछानेलाई युएई पठाउन क्यानले आईसीसीसँग अनुमति मागेको हो ।

प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका विषयमा युएई पठाउन अनुमति मागिएको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए।

नेपालको शनिबार १५ सदस्यीय टिम खेलका लागि यूएई गएको थियो। आइतबार पहिलो खेल खेलिसकेको नेपालले बाँकी तीन खेलका लागि सन्दीपलाई टिममा अटाउन क्यानले पहल थालेको छ । आईसीसी अनुमति दिए सन्दीपलाई युएई पठाउन आजै भिसा आवेदन दिइने जनाइएको छ ।