सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार बिहीबार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जना मात्रै उपस्थित थिए । हाजिर नभएका ९ जनामध्ये ६ जना जिल्ला अदालतमा बोलाएर हाजिर भएनन् ।

असोज महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो। यसअघि असोज १ र ७ गते पनि न्यायाधीश अभाव भन्दै जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाइ स्थगित गरेको थियो।