काठमाण्डु क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहेको छ । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्च अदालत पाटमासुरु भएको हो ।
आजै उक्त मुद्दाको फैसला आउने तयारी भइरहेको छ । आज फैसला आउने तयारी भइरहँदा उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो ।
फैसलापछि सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । हिजो उच्च अदालत बाहिर सन्दीपका समर्थकले नाराबाजी गरेका थिए । आज पनि अदालतको गेट बाहिर सन्दीपका समर्थक बेला हुन थालेका छन् ।
मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियाे ।
प्रतिक्रिया