सन्दीप लामिछाने जिल्ला अदालतमा, म्याद थप गर्ने तयारी

सन्दीप लामिछाने जिल्ला अदालतमा, म्याद थप गर्ने तयारी

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ ।

एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई सोमबार बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले जिल्ला अदालत काठमाण्डुमा ल्याएको हो ।

अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन्।

यसअघि दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न सकेको थिएन । सोमबार अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ ।

किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।