इजलासमा सन्दीपको दावी : जाहेरवालाकै आग्रहमा भेटेको हुँ, उनी नाबालिग होइनन्

इजलासमा सन्दीपको दावी : जाहेरवालाकै आग्रहमा भेटेको हुँ, उनी नाबालिग होइनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेका छन् ।

२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाण्डुमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशसमक्ष सन्दीपले आफुविरुद्ध उजुरी दिने किशोरी नाबालिक नभएको दावी गरेका हुन् ।

सन्दीपले इजलासमा भने, ‘जाहेरवालाकै आग्रहमा भेटेको हुँ । उनले मलाई विषेश कारणले १ वर्ष जन्मदर्ता घटाएको बताएकी थिइन्, उनी नाबालिक हाेइनन्’ सन्दीपको जवाफ उद्धृत गर्दै वकिल सरोजकृष्ण घिमिरेले भने ।

सन्दीपका वकिलहरूले पीडित भनिएकी युवतीको २ वटा जन्मदर्ता भेटिएको र पछिल्लो जन्मदर्तामा उनले उमेर घटाएको देखिएको बताएका छन् ।

‘पीडितले आफ्नो जन्मदर्तामा उमेर घटाएको प्रमाण हामीसँग छ । अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । हामीले त्यो अदालतमा पेश गर्नेछौं,’ अधिवक्ता सुधा रिजालले भनिन् ।