सन्दीप लामिछानेको नयाँ कीर्तिमान, एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बने

सन्दीप लामिछानेको नयाँ कीर्तिमान, एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।

उनी एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। काठमाण्डुमा जारी विश्वकप लिग–२ अन्तर्गत सोमबार स्कटल्याण्डका ब्रेन्डन म्याकमुलनको विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाएका हुन् । यस्तै उनले ७४ टी-२० आई खेलमा १३६ विकेट लिएका छन् ।

म्याकमुलेनलाई ७३ रनमा इशान पाण्डेको हातमा क्याच गराउँदै आफ्नो एकदिवसीय १५० विकेट पूरा गरेका हुन्।

उनले एकदिवसीयमा ७३ खेलमा यो कीर्तिमान बनाएका हुन्। सन्दीपले अष्ट्रेलियाको मिचेल स्टार्कको कीर्तिमान तोडेका छन्। स्टारले ७७ खेलमा १५० विकेट लिएका थिए।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने खेलाडी हुन्। उनले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो एकदिवसीय १०० विकेट पूरा गरेका थिए। यसमा पनि उनले अष्ट्रेलियन खेलाडी स्टार्ककै कीर्तमान तोडेका थिए।