बुढानिलकण्ठमा सन्दीप लामिछानेले किने आलिसान बंगला


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले नयाँ घर किनेका छन् ।

उनले राजधानीको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको आलिसान बंगला किनेका हुन् ।

सन्दीप भर्खरमात्रै नयाँ घरमा सरेका छन् । यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो । साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ ।

सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन् । माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन् । घरको कम्पाउण्डमा बँगैचा छ । साथै चार वटासम्म गाडी अट्ने पार्किङ छ ।

सिटिङ रुममा सन्दीपले विभिन्न क्रिकेट प्रतियोगितामा जितेका ट्रफी र मेडलहरु सजाएका छन् । घरको मुल्य भने सन्दीपले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement