अन्ततः अमेरिकाले दियो सन्दीपलाई भिसा


काठमडौं – अन्ततः युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेल्न अमेरिका जान पाउने भएका छन् ।

मंगलबार बिहान मात्रै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपनि दिउँसो लामिछानेलाई दूतावासले पुनः बोलाएर अमेरिकाको भिसा दिएको हो ।

अमेरिकाले भिसा नदिएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफुलाई अमेरिकाले भिसा नदिएको जानकारी गराएका थिए । चर्को आलोचना भएपछि दूतावासले सन्दिपलाई पुनः बोलाएर भिसा दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement