सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले  शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल समेत कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement