सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, भने- सबै आरोपहरूको सामना गर्न तयार छु


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सीपीएल छोडेर नेपाल फर्किने भएका छन् ।

बलात्कारको आरोप लागेका उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने बताएका हुन् । उनले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु । मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु । म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु । न्याय मिलोस् । सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।’

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले बिहीबारनै नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ । पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ । एक १७ वर्षिय बालिकाले आफुलाई लामिछानेले बलात्कार गरेको जाहेरी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement