सन्दीप लामिछानेकाे बयान जारी,थुनछेक बहस आजै हुने

सन्दीप लामिछानेकाे बयान जारी,थुनछेक बहस आजै हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेकाे मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो। घिमिरेको इजलासमा अहिले सन्दीपको बयान भइरहेको छ।

बयान सकिएपछि सोही इजलासले बहस सुनेर थुनछेक आदेश गर्ने छ। फैसला हुँदासम्म घिमिरे काठमाण्डु जिल्ला अदालतमै रहेमा उनैले फैसला पनि गर्नेछन्।

 क्रिकेटर लामिछानेविरुद्ध जिल्ला अदालत काठमाण्डुमा सोमबार मुद्दा दर्ता भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेका अनुसार सन्दिपविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग दावी गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

लामिछाने विदेश रहेका बेला गत भदौ २१ गते जबर्जस्ति करणीको आरोप लागेको थियो। काठमाण्डुको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दिपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी बृत गौशालामा उजुरी गरेकी थिइन्।