सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको थियो ।

तर, सन्दीपकै कानुन व्यवसायीले बिहीबारको सुनुवाइ स्थगित गरेका उच्च अदालत पाटनले जनाएको छ । यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।