२० लाख धरौटी बुझाएर हिरासतबाट छुट्दैछन् सन्दीप

२० लाख धरौटी बुझाएर हिरासतबाट छुट्दैछन् सन्दीप

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  क्रिकेटर सन्दीप लामिछानेले २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार हिरासतमुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले जबर्जस्तीकरण मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो । मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान पाउने छैनन् । उनी  काठमाडौं बाहिर जाँदा पनि अनुमति लिएर जानुपर्नेछ ।

अदालतले उनलाई विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने कडा सर्त सुनाएको छ ।